३ पुस २०८२, बिहिबार

काठमाडौं उपत्यकामा भारी बर्षा

प्रकाशित मिति :  9 September, 2022 12:57 pm


फाइल फाेटाे

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भीषण वर्षाले काठमाडौंका सडकहरु जलमग्न भएका छन् ।

काठमाडौंको बानेश्वर, टेकु, त्रिपुरेश्वर लगायतका क्षेत्रमा पछिल्लो एक घण्टादेखि अत्याधिक वर्षा भइरहेको छ । सडक जलमग्न बनेपछि ट्राफिक जाम समेत भएको छ ।

भारी वर्षा भएकाले बागमती र बागमतीका सहायक नदीहरुमा पानीको बहाब केही बढ्ने हुँदा तटीय क्षेत्रहरु तथा खोला किनारको बाटो प्रयोग गर्दा सर्तकता अपनाउन जल तथा मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार शुक्रबार देशभर नै मौसममा बदली रही वर्षाको सम्भावना रहेको छ । । बागमति प्रदेश,गण्डकी प्रदेश र सुदुरपश्चिममा प्रदेशमा मेघ गर्जन र चट्याङसाथ वर्षा हुने जनाएको छ । लुम्बिनी प्रदेशमा भारी वर्षको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !