१४ बैशाख २०८१, शुक्रबार

रोल्पाका स्थानीय निकायले भने,‘हामीले सक्ने जति गर्यौं अब प्रदेश र केन्द्रको सहयोग कहिले आउने हो ?’

प्रकाशित मिति :  30 March, 2020 9:52 am


फोटोःस्वास्थ्य कार्यालय रोल्पाको फेसबुकबाट

रोल्पा, १७ चैत ।

रोल्पामा मेडिकलजन्य सामाग्रीको अभाव देखिएको छ । केन्द्र र प्रदेशबाट अत्यावश्यकीय सामाग्री नजादा रोल्पाका स्थानीय निकाय अताल्लिएका छन् ।

स्थानीय निकायले कोरोना विरुद्धको जनचेतना अभियान सञ्चालन गर्ने, क्वारेन्टाइ बनाउने, आफै मास्क उत्पादन गर्नेदेखि जनप्रतिनीधि नै काँधमा माइक बोकेर जनचेतना फैलाउन लागिरहेका छन् । धेरै जसो स्थानीय निकायमा क्वारेनटाइनपनि तयार भएका छन् । तर, विरामीको जाँच गर्न र आइसोलेशनमा राख्नका लागि अति आवश्यक सामाग्रीको अभाव भएपछि उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी, जनप्रतिनीधि सुरक्षा निकाय जोखिममा परेका छन् ।

लुङ्ग्री गाँउपालिकाले विदेशबाट आएकालाई अनिवार्य होम क्वारेन्टाइनमा राखि हरेक दिन स्वास्थ्य केन्द्रमा बोलाएर ज्वरो नाप्ने र हाजिरी लगाउने गरेको छ । स्थानीय रुपमै मास्क उत्पादन गरेर वितरण गरिरहेको गाँउपालिकासँग मेडिकलजन्य सामानको भने अभाव छ । गाँउपालिकाका अध्यक्ष दुर्गा खड्काले भने,‘हामीसँग जे छ त्यो त गरेकै छौं तर उपचारमा प्रयोग हुने सामान त चाहियो नि । जिल्लामा फोन गरे केही आएको छैन भन्नुहुन्छ, बजारमा सामान पाइदैन ।’ स्वास्थ्यकर्मीहरुसँग प्रयाप्त विरामी जाँच गर्ने इन्फरेट थर्मोमिटर र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट(पिपिई)लगायतका सामाग्री गाँउपालिकामा छैन । अध्यक्ष खड्काले भने,‘भनौ के भनौं नभनौं लजमर्नु छ ।’

माडी गाँउपालिकाकाका सिनियर अहेब इश्वरीप्रसाद गौतमले केन्द्र र प्रदेशबाट केही सहयोग नआएको गुनासो गरे । उनले भने,‘हामीले आफ्नो क्षमताले भ्याएसम्म काम गरेकै छौं, हामीसँग पैसो नभएको होइन तर बजारमा सामानै पाइदैन के गर्ने ? यो विषयमा प्रदेश र केन्द्र सरकार गम्भिर हुनु प¥यो नी ।’ उनले प्रदेश सरकारबाट केही आयोकी भनेर सिडियो र स्वास्थ्य कार्यालयमा फोन गरेपनि केही नआएको जावाफ पाएको बताए ।

सुनछहरी गाँउपालिकाले केहीथान पिपिईसहितका अत्यावश्यकीय समान खरिद गरेको छ । गाँउपालिकामा पहिले औषधि सप्लाइ गर्ने सप्लार्यसहरुसँग पिपिईलगायतका सामान खरिद गरेको हो । गाँउपालिकाका अध्यक्ष आसबहादुर पुनले भने,‘माथीबाट केही आउने देखिएन त्यसैले केही महंगो भएपनि खरिद त गर्न परो ।’ उनले गाँउपालिकाभित्र एउटा स्वास्थ्य केन्द्रलाई एउटा पिपिइसम्म उपलब्ध गराएको जानकारी गराए । उनले भने,‘न समन्वय छ न प्रदेश र केन्द्रबाट केही आउने छाँट छ आफ्नै मौलिकतामा काम गरिएको छ, स्थिति गाह्रो छ ।’

रुन्टीगढी गाँउपालिकाका स्वास्थ्य संयोजक गणेश बुढाले स्थानीय प्रयासबाट हुनेजति सबै तयारी गरेको बताए । गाउन,मास्क लगायतका सामाग्री गाँउमै उत्पादन गरेको भन्दै आफूहरुको पहुँचबाहिर रहेका विषयलाई पटकपटक जिल्लादेखि केन्द्रसम्म ताकेता गर्दापनि कुनै सहयोग नपाएको गुनासो गरे । उनले भने,‘ यस्तो बेलामा केन्द्र र प्रदेशले हेनुपर्ने हो, जिल्लामा आएका सामान समानुपातिक रुपमा वितरण गर्नुपर्ने हो तर यो भएन । जिल्लामा सामान आएको छ भन्ने सुनेका छौं तर यो त तुरुन्तै गाँउपालिकामा पठाउनुपर्ने हो त्यो पनि हुनसकेको छैन । ’
थवाङ गाँउपालिकाका अध्यक्ष वीरबहादुर पुनले अहिलेसम्म प्रदेशबाट कुनै सामान नआएको बताए । उनले भने,‘प्रदेशबाट अहिलेसम्म कुनै सामान आएको छैन जिल्लासम्म आएको भन्ने सुनिएको छ ।’ अध्यक्ष पुनले आफूले व्यक्तिगत पहल गरेपनि सामान नआएको बताए । उनले भने,‘ म सामाजिक विकासमन्त्रालयका स्वास्थ्य आपूर्ति शाखामा पनि पुगेको थिए केही मस्क लिएर आए । उहाँहरुले सबै सामान जिल्लामा पुराउँछौ र तपाईहरुलाई वितरण हुन्छ भन्नुभएको छ ।’

रोल्पा नगरपालिकाले प्रदेशबाट जिल्लामा गएको १०० थान मास्क लगेको छ । मेयर पूर्ण के.सी.ले भने,‘नागरपालिकाको प्रयासमा केहीथान पिपिइ लगायतका सामाग्री भित्राएका छौं र जिल्ला अस्पताललाई उपलब्ध गरायौं । प्रदेशबाट आएको सामाग्री भनेको अहिलेसम्म १०० थान मास्क लिएका छौं अब त्यसले के हुन्छ र त्यो निकै न्यून हो ।’ अहिलेसम्म रोल्पा जिल्ला अस्पतालमा ९ वटा पिपिइ,९ वटा किट लगायतका सामाग्री पुगेको छ ।

प्रदेशबाट रोल्पा पुगेको सामान १ हजार थान मास्क,४०० थान ग्लोब्स

सामाजिक विकास मन्त्रालयले भने अहिलेसम्म १ हजार थान मास्क र ४०० थान ग्लोब्स र एउटा इन्फरेट थर्मोमिटर रोल्पा पठाएको छ । आपूर्ती शाखा प्रमुख दीपक चापागाईले भने,‘अहिलेसम्म हामीले १ हजार थान मास्क र ४०० ग्लोब्स र एउटा इफरेट थर्मोमिटर पठाएका छौं जसमध्य ५०० थान मास्क र २०० थान ग्लोब्स अस्पताललाई र बाँकी जिल्ला स्वास्थ्य कार्यालय दिएका छौ ।’ कार्यालयले स्थानीय पालिकालाई वितरण गर्ने चापागाईले जानकारी दिए । उनले थप ५०० थान ग्लोब्स फेरी पठाउने गरि प्याक गरेको जानकारी दिए । अहिलेसम्म स्वास्थ्य कार्यालयले १०० थान मास्क वितरण गर्ने भन्दै माग फारमसहित लिन सूचना जारी गरेको छ ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले रोल्पामा उपचारमा संलग्न हुने र विरामी भेटिए तिनका हेरचाहमा खटिने मान्छेको संक्रमणबाट कसरी भन्ने चिन्ता रहेको बताए । उनले भने,‘ समस्या त देशैभरी हो तर रोल्पामा अलि जटिल बनेको छ, कतैबाट सामान आउनसकेको छैन, स्थानीय निकायले पहल गरेपनि पहुँचमा नभएका कुरा गर्न गाह्रो छ ।’



प्रतिक्रिया दिनुहोस !