बीवाईडीले थाइल्याण्डमा विद्युतीय सवारी उद्योग निर्माण गर्दै
काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले बिहीबार थाइल्याण्डको औद्योगिक सम्पदा विकासकर्ता (डब्लुएचए) समूहसँग नयाँ विद्युतीय सवारी उद्योग निर्माण गर्न जग्गा खरिद सम्झौतामा हस्ताक्षर गरेको छ।
उक्त उद्योग सन् २०२४ बाट सुरु हुने छ । उद्योग ९६ हेक्टरमा स्थापना हुने भएको हो । यसले वार्षिक १५०,००० युनिट क्षमता भएका विद्युतीय सवारी उत्पादन गर्ने छ ।
त्यस्तै विद्युतीय गाडीका सह संस्थापक तथा अध्यक्ष जारीर्पोन जारुकनिस्कुलले भने, “थाइल्यान्डले आफ्नो विद्युतीय गाडीको बजारको ३० प्रतिशत अटो उत्पादन ईभीमा आधारित बनाउने आशामा आफ्नो विद्युतीय गाडीको बजारलाई उल्लेखनीय रूपमा वृद्धि गर्ने लक्ष्य राखेको छ। थाइल्याण्डमा बिवाईडीको प्रवेशले अटो उद्योगलाई त्यो लक्ष्यको नजिक जान मद्दत गर्नेछ । साथै देशलाई विद्युतीय गाडी उत्पादनको लागि विश्वव्यापी हब बन्न मद्दत गर्नेछ ।’’
त्यसैगरि बीवाईडी एशिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ जुलियाङले भने,“ बिवाईडीको विद्युतीय प्रविधिले थाइल्याण्डको समग्र विकासमा योगदान पुर्याउनेछ ।’’








