संघीय र प्रदेश सभा चुनावमा केन्द्रित हुने रोल्पा-काठमाडौं सम्पर्क समन्वय समितिको निर्णय
काठमाडौं । नेकपा (माओवादी केन्द्र) रोल्पा-काठमाडौं सम्पर्क समन्वय समितिले संघीय र प्रदेश चुनावमा केन्द्रित हुने निर्णय गरेको छ ।
आज काठमाडौंमा बसेको बैठकले आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभा चुनावका लागि पार्टी र पार्टी उम्मेदवारलाई विजयी बनाउने चुनाव केन्द्रित कार्ययोजना बनाएको समिति इन्चार्ज जीवन रोकाले जानकारी दिए ।
बैठकले उपत्यका र आपसापका जिल्लामा रोल्पाबाट आएर विभिन्न पेशा व्यवसायमा संलग्न मतदाताको लगत संकलन गर्ने र मतदान गर्न जाने वातावरण निर्माण गर्ने निर्णय गरेको रोकाले बताए ।
उनले भने,“काठमाडौं उपत्यका र आसपासका जिल्लामा रोल्पाबाट आएर विभिन्न पेशा व्यवसाय गरिरहेका गन् र जो हाम्रा मतदाता हुन् उनीहरूको लगत संकलन गर्ने र मतदान गर्न जाने वातावरण निर्माण गर्ने निर्णय भएको छ ।”
समन्वय समितिले असोजको पहिलो हप्ता काठमाडौंमा वृहत मतदाता भेला गर्ने निर्णय गरेको छ । रोल्पाबाट प्रतिनिधित्व गर्ने नेताहरूको उपस्थितिमा बैठक चुनावी कार्यक्रम गर्ने निर्णय भएको समितिले जनाएको छ ।








