रोल्पा-काठमाडौं सम्पर्क समन्वय समितिबाट उम्मेदवारको नाम सिफारिस
प्रकाशित मिति : 9 September, 2022 6:44 pm
काठमाडौं । नेकपा (माओवादी केन्द्र) रोल्पा-काठमाडौं सम्पर्क समन्वय समितिले प्रतिनिधि सभा र प्रदेश सभामा सिफारिस भएका समानुपातिक उम्मेदवारको नाम अनुमोदन गरेको छ ।
आज काठमाडौंमा बसेको बैठकले प्रतिनिधि सभा तर्फ समानुपातिकमा जीवन रोकामगर र प्रदेश सभा (क) मा चेतन कँवर तथा प्रदेश सभा (ख) मा जुनमाया घर्तीमगरको नाम सिफारिस गरेको हो ।
समन्वय समितिको पदाधिकारी बैठकले तीन जनाको नाम जिल्लामा सिफारिस गरेको थियो । जिल्लाबाट पनि सबैको नाम सिफारिस भइसकेको छ । समन्वय समितिका इन्चार्ज रोकाले भने,“यसअघि पदाधिकारी बैठकले गरेको सिफारिसलाई आजको बैठकले अनुमोदन गरेको छ ।”







