दार्चुलामा बाढी पहिरोमा परेर ५ जनाको मृत्यु
प्रकाशित मिति : 10 September, 2022 2:14 pm
काठमाडौं । दार्चुलामा गएराति बाढी पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।
दार्चुलाको नौगाढ गाउँपालिका वडा नम्वर १ सल्लामा २ जनाको मृत्यु भएको छ भने वडा नम्बर १ मा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा वडा नम्बर १ की ३७ वर्षीया जानकी ठगुन्ना, १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्की रहेका छन् । घाइते भएका ६ जनामध्ये ४ जनालाई उपचारका लागि हेलिकप्टरबाट धनगढी पठाइएको छ ।
दार्चुलाकै महाकाली नगरपालिकामा पनि पहिरोमा पुरिएका महाकाली नगरपालिका–१ की ४३ वर्षीया मनमती कार्की र वडा नम्बर २ का ७७ वर्षीय नन्दराम बोहोराका शव भेटिएको छ । अझै ७ जना वेपत्ता भएका छन् ।








