३० पुस २०८२, बुधबार

क्यान्सर पीडित जिरेललाई सेन्ट जर्ज विद्यालयको सहयोग

प्रकाशित मिति :  10 September, 2022 3:26 pm


काठमाडौं । काठमाडौंको सेन्ट जर्ज विद्यालयले पूर्व छात्रा सरिता जिरेललाई सहयोग हस्तान्तरण गरेकाे छ । क्यान्सरबाट पीडित जिरेललाई विद्यालयले २२ हजार रुपैयाँ सहयोग गरेको हो ।

उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारले २२ हजार रुपैयाँ सहयोग गरिएको विद्यालयका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए । सहयाेग रकम सरिताका बुवालाई हस्तान्तरण गरिएको दाहालले बताए ।

सरिताले गत वर्ष मात्रै सेन्ट जर्ज स्कुल एसईइ दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !