दाङ क्षेत्र नम्बर २ का लागि माओवादी केन्द्रबाट पूर्व सभामुख महरासहित तीन जनाको नाम सिफारिस
प्रकाशित मिति : 11 September, 2022 7:55 pm
दाङ । नेकपा माओवादी केन्द्र दाङ क्षेत्र नम्बर २ का लागि पूर्व सभामुख कृष्णबहादुर महरासहित तीन जनाको नाम सिफारिस भएको छ ।
मंसिर ४ गते हुने चुनावका लागि प्रतिनिधि सभा प्रत्यक्ष तर्फ महरासहित स्थायी समिति सदस्य रेखा शर्मा र दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ ।
सन् २०७४ सालको निर्वाचनमा महरा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । महरा रोल्पाबाट पनि सिफारिसमा परेका छन् ।








