८ पुस २०८२, मंगलबार

चिनियाँ जनकंग्रेस अध्यक्ष ली आज काठमाडौं आउँदै

प्रकाशित मिति :  12 September, 2022 12:40 pm


काठमाडौं । चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष ली चान्सु नेपालको औपचारिक भ्रमाणका लागि आज काठमाडौं आउँदैछन्।
उनी सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणामा काठमाडौं आउन लागेका हुन । परराष्ट्र मन्त्रालयका अनुसार लीसहितको चिनियाँ प्रतिनिधिमण्डल नेपालको तीन दिने भ्रमणका लागि नेपाल आउन लागेको हो।

चिनियाँ नेता लीले र सभामुख सापकोटाबीच सोमबार नै भेटवार्ता हुने मन्त्रालयले जनाएको छ । चिनियाँ नेता लीलेको सम्मानमा सभामुख सापकोटाले सोमबार साँझ रात्रिभोजको आयोजना गर्नेछन्।

मंगलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ। बुधबार उनी राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची रहेको मन्त्रालये जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !