३ पुस २०८२, बिहिबार

लुम्बिनी र सुदूरपञ्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  13 September, 2022 7:07 am


फाइल फाेटाे

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको जानकारी अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर रहेको जनाएको छ । जसको कारण देशभर सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम, गण्डकी प्रदेशका एक/ दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू -भागका केही र बाँकी भू -भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक \दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको विभागले जनाएको छ ।

त्यस्तै राति गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पहाडी भू- भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !