८ पुस २०८२, मंगलबार

२३ जना विद्यार्थीसहित २ सय ६४ जना ट्राफिक कारवाहीमा

प्रकाशित मिति :  13 September, 2022 11:03 am


फाइल फाेटाे

काठमाडौं । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्र्तगत सोमबार २३ जना बिद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सोमबार बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका २१ जना र सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २ जना गरी २३ जना विद्यार्थी चालक कारवाहीमा परेका छन् ।

त्यस्तै चेकिङको क्रममा ट्राफिक नियम उल्लङघन गर्ने अन्य २ सय ६४ वटा सवारी साधनका चालक पनि कारवाहीमा परेका छन । जस अन्र्तगत बिहानै मापसे गरी पर्यटक बोक्ने माईक्रोबस चलाउने चालक १ जना र मोटरसाईकल चलाउने २ जना कारवाहीमा परेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !