८ पुस २०८२, मंगलबार

बल्खुमा २२ वटा टाटा सुमो जिप ट्राफिक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति :  13 September, 2022 11:42 am


काठमाडौं । काठमाडौंको बल्खुबाट २२ वटा टाटा सुमोलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बल्खुमा गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका २२ ओटा टाटा सुमो जिपलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोमबार बिहान प्राविधिक टोली सहितको गरिएको चेकिङका क्रममा ह्याण्ड ब्रेक नभएका २२ ओटा टाटा सुमो जीपलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

नियन्त्रणमा लिएका मध्ये १४ ओटा टाटासुमोलाई आवश्यक कारवाहीको लागि यातायात व्यवस्था विभाग मिनभवन पठाईएको र बाँकी ८ ओटा ट्राफिक प्रहरी विभाग किर्तिपुरमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !