८ पुस २०८२, मंगलबार

पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  13 September, 2022 3:47 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०५९ जनाको नमुना परीक्षणबाट थप २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा २२३२ जना सक्रिय संक्रमित पुगेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस !