१५ बैशाख २०८१, शनिबार

चिनियाँ नेता ली चान्सुले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै, बिहान भक्तपुर दरबार स्क्वायर भ्रमण गर्ने

प्रकाशित मिति :  14 September, 2022 8:21 am


काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले बुधबार पनि उच्चस्तरीय भेटवार्तालाई निरन्तरता दिने भएका छन्।

अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन् । राष्ट्रपतिसँग अपराह्न चार बजे शीतल निवासमा भेट्ने कार्यक्रम तय भएको छ ।

त्यसअघि उलने आज बिहान भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्ने कार्यक्रम रहेको छ । उनले भक्तपुरमा करिब एक घण्टा बिताउने छन् ।

सोमबार काठमाडौं आएका ली चान्सुले सोही दिन सभामुख अग्नि सापकोटासँग भेटवार्ता गरेका थिए ।

त्यस्तै मंगलबार उनले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, र प्रधानमन्त्री शेरबहादुर देउवा लगायतसँग भेटवार्ता गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !