शितल चोतारी आमा समुहको अध्यक्षमा लम्साल
पोखरा । पोखरा १७ छोरेपाटनमा रहेको शितल चौतारी आमा समुहको १६ औं साधारण सभा तथा ८ औं अधिवेशनले सुमित्रा लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समुहको वरिष्ठ उपाध्यक्षमा मैया अधिकारी, उपाध्यक्षमा शान्ति जिसी, सचिवमा मिना पोखरेल, सहसचिवमा विष्णु कुमारी पोखरेल बराल, कोषाध्यक्षमा कमला सुवेदी, सहकोषाध्यक्षमा विष्णु कुमारी लम्साल र सदस्यहरुमा राममाया पौडेल, शिला केसी, रेनु बस्तोला, शुसिला कायस्था, रुपा पाैडेल, सावित्रा अर्याल, कल्पना पहारी, पार्वती लम्साल, रुपादेवी शर्मा, लक्ष्मी लम्साल र साँस्कृतिक समितिका संयोजक वसुन्धरा पौडेल, सदस्यमा माधवी अधिकारी र मिठु देवी पनेरु सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा १७ की वडा अध्यक्ष राधिकाकुमारी शाही योगीले सामाजिक संस्थाहरु आर्थिक पारदर्शिता र समाज उन्मुख हुनुपर्ने साथै महिलाले आँट गरेर जागरुक भएमा समाज परिवर्तन संगै नेतृत्व विकास पनि हुने वताउँदै आफु पनि निकै संघर्षबाट आज महानगर भरीमा एक जना मात्र महिला अध्यक्ष हुन पुगेको वताएकी थिइन ।
छोरेपाटनको अग्रणी संस्था छोरेपाटन टोल सुधार समितिका वरिष्ठ उपाध्यक्ष आनन्द अर्याल, पुर्व अध्यक्षहरु तुलसीराम वराल, ऋतुनाथ लम्साल, सितल चौतारी टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद पोखरेल , पु्र्व अध्यक्ष इश्वरी लम्साल, रेडक्रस सोसाइटी पोखरा १७ उपशाखा र गुप्तेश्वर महादेव गुफा ब्यबस्थापन समितिका सचिव हरि लम्साल, जेष्ठ नागरिक मञ्चका अध्यक्ष विष्णु प्रसाद पोखरेल, राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी अधिकारी, नारी उत्थान दिदिवहिनी समुहकी अध्यक्ष जानुका सुवदीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
शितल चौतारी आमा समुहकी अध्यक्ष विमला पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव शान्ति जिसीले र स्वागत वरिष्ठ उपाध्यक्ष सुमित्रा लम्सालले गरेकी थिइन ।








