७ पुस २०८२, सोमबार

चिनियाँ नेता ली चान्सु आज स्वदेश फर्किँदै

प्रकाशित मिति :  15 September, 2022 8:31 am


काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्कने कार्यक्रम छ । सोमबार नेपाल आए लगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय भएका थिए ।

नेपाल भ्रमणको क्रममा लीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

उनी बिहान साढे ८ बजे सोल्टी होटलबाट एअरपोर्ट प्रस्थान गर्ने तालिका रहेको छ । यसका लागि बिहान सवा ८ बजेदेखि रविभवनदेखि एअरपोर्टसम्मको सडकमा गाडीको आवागमन प्रभावित हुनेछ ।



प्रतिक्रिया दिनुहोस !