६ बैशाख २०८१, बिहिबार

‘इट्टा भट्टामा फसेका झण्डै १० हजार रोल्पाका मजदुरको खाद्यान्न र स्वास्थ्य सुरक्षा होस्’

प्रकाशित मिति :  30 March, 2020 6:32 pm


रोल्पा, १७ चैत ।

नेपाली कांग्रेस रोल्पाले काठमाण्डौं उपत्यकासहित देशका विभिन्न ठाँउमा काम गर्ने झण्डै १० हजार रोल्पाका मजदुर फसेको भन्दै खाद्यान्न तथा स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।

सभापति अमरसिंह पुनमगरले आज विज्ञप्ति जारी गर्दै क्वारेन्टाइनमै स्वास्थ्यकर्मीको निगरानीमा काम गर्ने वातावरण मिलाउन वा उनीहरुले काम गरिरहेको ठाँउमा नै भोक टार्ने वातावरणका लागि राहत पुर्याउन सरकारसँग माग गरेका छन् । सबैभन्दा ठूलो संख्या इट्टा भट्टामा काम गर्ने रोल्पाबाट गएका मजदुर फसेको भन्दै सभापति पुनले चिन्ता व्यक्त गरेका छन् ।

पुनको विज्ञप्ति अनुसार काठमाण्डौंका ११, भक्तपुरका ७५,ललितपुरका ३४ र धादिङका ३१ इट्टा भट्टामा साढे नौ हजार रोल्पाली मजदुर फसेका छन् । विभिन्न ज्यालादरी र मजदुरी गर्न पुगेका कास्की,रसुवा, स्याङ्जा लगायतका ठाँउमा समेत लकडाउनमा रोल्पाली फसेको पुनको विज्ञप्तिमा उल्लेख छ ।

उनले विज्ञप्तिमा भनेका छन,‘ विभिन्न जिल्लामा हजारौंको संख्यामा रोल्पालीहरु रहेको तत्थ्याङक प्राप्त भएकाले उनीहरु कि क्वारेन्टाइनमै स्वास्थ्यकर्मीको निगरानीमा काम गर्न वातावरण तयार गर्न वा उनीहरुले काम गरिरहेको स्थानम नै भोक टार्ने वातावरणका लागि राहत पुराईदिन सरकासँग अनुरोध गरिन्छ ।’

सभापति पुनले छिमेकी मुलुक भारत र अन्य तेस्रो मुलुकबाट विशेष गरि गाँउगाँउमा अत्यधिक मानिसहरु आएको भन्दै स्वास्थ्य जाँच प्रभावकारी बनाउन माग गरेका छन् ।

नेपाली कांग्रेस सभापति अमरसिंह पुनमगरले जारी गरेको विज्ञप्ति

र यो पनि…..
संकटमा अमानवीयता : काठमाण्डौंबाट इट्टा बोक्ने टिप्परमा कोचेर ४९ जना मजदुरलाई रोल्पा पठाईंयो



प्रतिक्रिया दिनुहोस !