प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रकाशित मिति : 16 September, 2022 7:07 am
काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७\०७८’ पनि आजको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । आजै राष्ट्रिय सभाको बैठक पनि बस्नेछ । दिउँसो एक बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।








