८ बैशाख २०८१, शनिबार

नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट

प्रकाशित मिति :  16 September, 2022 10:23 am


काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले २२९ जना अधिकृत पदका लागि दरखास्त माग गरेको हो ।

शुक्रबार एक सुचना जारी गर्दै आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ । भर्नाका लागि काठमाडौं, सुनसरी, महोत्तरी, हेटौंडा, पोखरा, रुपन्देही, सुर्खेत र कैलालीबाट दरखास्त दिन सकिने सुचनामा उल्लेख गरिएको छ । असोज २९ गतेसम्म आवदेन दिन नसकेकाले दोब्बर दस्तुर बुझाइ कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि आवेदन आह्वान गरिएको छ । नेपाली सेनाका सन्तति ११, महिला २२, आदिवासी जनजाति ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र बाँकी ११७ खुलाका लागि आवेदन आह्वान गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !