अछाममा बाढी पहिरोको वितण्डा : पहिरोमा परेर मृत्यु हुनेकाे संख्या १७ पुग्यो
काठमाडौं । अछाममा पहिरोमा परेर मृत्यु हुनेका संख्या १७ पुगेको छ ।
अविरल वर्षपछि तीनवटा पालिकाका विभिन्न ठाउँमा आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको हो । कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी गराएका छन् ।
कमलबजार ८ मा एकै परिवारका पहिरोमा पुरिएको ५ र कमलबजार ६ ठाँटीकाँधमा पहिरोमा पुरिएका ३ जनाको शव भेटिएको उनले बताए । ठाँटीकाँधमा ७ जनाको मृत्यु भएको छ। यस्तै, तुर्माखाँद-५ मा दुई घर पुरिँएका ४ जनाको शव भेटिएको छ ।
थप ५ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ एकजना बेपत्ता भएका छन् । मृतकहरुको सनाखत कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताएका छन् ।








