१ आश्विन २०८१, मंगलबार

भीरकोटमा बाँसका सामग्री बनाउने तालिम सुरु

प्रकाशित मिति :  18 September, 2022 2:36 pm


स्याङ्जा । स्वरोजगारीको अवसर सृजना गरी जनताको आर्थिक स्तर उकास्न भीरकोटमा युवाहरूलाई बाँसका सामाग्री बनाउने तालिम दिइएको छ।

नगरपालिकामा सञ्चालित हरित पुनउत्थान तथा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत तालिम दिइएको परियोजना प्रमुख हरि रेग्मीले जानकारी दिए ।

तालिममा वडा नम्बर ६,७ र ८ का १७ जना युवाहरूको सहभागिता रहेको थियो। स्थानीय स्तरमा सहजै उपलब्ध हुने भएकाले बाँसको सदुपयोग गरी आय आर्जनका अवसरहरू वृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउँदै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले प्रमुखले तालिममा सिकेको ज्ञान र सिपलाई व्यवहारमा प्रयोग गर्न र उद्यमी बन्न आग्रह गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद पौडेलले तालिममा सिकेका ज्ञान र सीप प्रयोग गरि गृहणीहरूले खाली समयमा बाँसका सामाग्री उत्पादन गरी थप आर्य आर्जन गर्न सक्ने भएकाले पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !