१ पुस २०८२, मंगलबार

बीवाईडीको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर सुरु

प्रकाशित मिति :  19 September, 2022 11:47 am


काठमाडौं । बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरी गौरीघाटमा सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।

उक्त सर्भिस सेन्टरको उद्घाटन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका थिए ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीले विगतदेखि एउटा उत्कृष्ट सर्भिस सेन्टर निर्माणको योजना तयार पारेका थियौं । बजारमा गाडीको संख्या वृद्धिसँगै सर्भिस सेन्टरको आवश्यकता बढ्दै गएकोले सुविधा सम्पन्न सर्भिस सेन्टर संचालनमा ल्याएका हौ ।’

नयाँ सर्भिस सेन्टरको उद्घाटनमा साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘हामी ग्राहकलाई उत्कृष्ट सेवा दिन चाहन्छौं । बढ्दो विद्युतीय सवारीसाधनको माग र त्यसमा आउन सक्ने समस्याको विषयमा सजग हुँदै अगाडि बढ्नु आज सबै विद्युतीय गाडी बिक्रेताको जिम्मेवारी हो । त्यो जिम्मेवारीलाई पूर्ण आत्मबोध गर्दै हामीले स्टेट अफ आर्ट सर्भिस सेन्टर बनाएका हौं ।’

करिब २७ हजार स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टर उद्घाटन गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘यस्ता सर्भिस सेन्टरहरु निर्माण हुनुपर्छ । देशभर सर्भिस सेन्टर र चार्जिङ नेटवर्कको विस्तार हुन सकेमात्रै सबै उपभोक्ताको विद्युतीय साधनमा आत्मबल बढ्छ । बीवाइडीले जसरी सर्भिस सेन्टर विस्तारमा काम गरेको छ यो फैलदै जाओस् ।’



प्रतिक्रिया दिनुहोस !