सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु, यस्ता छन् अफर
प्रकाशित मिति : 19 September, 2022 1:06 pm
काठमाडौं । नेपालको लागि सुजुकी कारको आधिकारीक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले चाडपर्व लक्षित स्कीम सार्वजनिक गरेको छ ।
कम्पनीले विगतमा जस्तै यस वर्षपनि चाडपर्वको मौका पारेर ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो अफर कम्पनीको देशभर रहेको ४२ वटै शोरूमबाट ग्राहकले पाउने छन् । कम्पनीले यी मोडल अनुसार फरक फरक नगद छुटको ब्यवस्था गरेको जनाएको छ ।