१३ बैशाख २०८१, बिहिबार

मेक्सिकोमा ७.६ म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति :  20 September, 2022 7:48 am


काठमाडौं । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन निकायले ७।४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ भने अमेरिकी भूगर्भ सर्वेक्षणले ७।६ रेक्टर स्केलको अनुमान गरेको छ ।

भूकम्पको केन्द्रबिन्दु प्रशान्त महासागरको तटमा रहेको मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिटर दक्षिणमा र मेक्सिको सिटीबाट सयौं किलोमिटर पश्चिममा रहेको भूकम्पविद्हरूले बताएका छन् ।

मेक्सिको सिटीको भूकम्पको अलार्म राजधानीले आपतकालीन प्रकोप अभ्यास गरेको एक घण्टा नहुँदै बजेको थियो, जसले मानिसहरूलाई फेरि सडकमा बाहिर पठायो । एजेन्सी



प्रतिक्रिया दिनुहोस !