३१ भाद्र २०८१, सोमबार

नेपाल वाल प्लास्टको ‘दशैं सौगात’ योजना सार्वजनिक

प्रकाशित मिति :  20 September, 2022 11:56 am


काठमाडौं । ड्राइ मिक्स मोर्टार उत्पादक नेपाल वाल प्लास्टले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरेर “दशैं सौगात” नामक योजना बजारमा ल्याएको छ ।

“निर्माण गुणस्तरमा, मोवाइल पकेटमा” नाराका साथ यो योजना असोज ३ गते देखि कार्तिक १३ गते सम्मको लागि संचालन गर्न लागिएको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत, प्रत्येक ५२५ बोराको खरिदमा पक्का उपहार स्वरुप रियलमीको सी ३० मोवाइल प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । नेपाल वाल प्लास्टका वालप्लास्ट, ब्रिक फिक्सो, ब्लक फिक्स, टाइल फिक्स प्लोर तथा टाइल फिक्स वाल गरी पाँच वटै उत्पादनमा यो योजना लागु हुने छ ।

व्यस्त जीवनशैलीमा समयको बचत नै अमुल्य धन भएको कुरा पनि नर्कान नसकिने हुँदा, सबैभन्दा बढी समय लाग्ने निर्माणमा पनि कसरी समयको बचत गर्न सकिन्छ भन्ने कुराको खोजी गर्दै त्यस्ता उत्पादनहरुलाई प्रोत्साहन गर्ने कम्पनीको योजना रहेको नेपाल वाल प्लास्टका संस्थापक प्रबन्ध निर्देशक नरेश प्रसाद साहले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !