१४ बैशाख २०८१, शुक्रबार

वालिङको अकला देवी मन्दिरमा दानपेटिका फुटाएर चोरी

प्रकाशित मिति :  20 September, 2022 1:59 pm


स्याङ्जा । वालिङ नगरपालिका वडा नम्बर १२ स्थित घुरुङ्खाँगाउँमा रहेको अकलादेवी मन्दिरमा चोरी भएको छ ।

सोमबार राति मन्दिर भित्रको दानपेटिका फुटाएर चोरी गरिएको स्याङ्जा प्रहरी कार्यलयले जानकारी दिएको छ ।

स्थानीयवासीले प्रहरी कार्यलयमा खबर गरेपछि प्रहरी टोलि उक्त स्थानमा पुगि थप अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले बताए ।



प्रतिक्रिया दिनुहोस !