२३ भाद्र २०८१, आइतबार

लोकतन्त्रको डुंगालाई मौका मिल्नसाथ प्वाल पार्नु चिन्ताजनक : बाबुराम भट्टराई

प्रकाशित मिति :  21 September, 2022 8:20 am


काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नसाथ प्वाल पार्नु चिन्ताजकन भएको बताएका छन् ।

मंगलबार राति सामाजिक संजाल मार्फत राष्ट्रपतिले संसदबाट २ २ चोटि पारित भएको विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीस महाअभियोगमा पर्नु, दलहरु आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर भएको बताएका छन् । सबै जिम्मेबार बनौं उनले भनेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि चौतर्फी आलोचनाहरु भइरहेका छन् ।

राष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु यादवले संविधानको संरक्षणका निम्ति नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले अस्वीकार गरेको जानकारी दिए। राष्ट्रपति कार्यालयले भने हालसम्म यसबारे कुनै सूचना जारी गरेको छैन।



प्रतिक्रिया दिनुहोस !