राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगर्नु निर्वाचन बिथोल्ने षडयन्त्र हो : उपमहासचिव पुन
प्रकाशित मिति : 21 September, 2022 11:22 am
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेर निर्वाचन बिथोल्ने षडयन्त्र भएको बताएका छन् ।
राष्ट्रपति भण्डारीले नागरिकत विधेयक प्रमाणिकरण नगरेपछि नेता पुनले संविधानको घोर उल्लङ्घन र निर्वाचन विथोल्ने षडयन्त्रको अंक भएको बताएका हुने ।
उनले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्,“सार्वभौम जनताको प्रतिनिधि संस्था संघीय संसदले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता बिधेयक प्रमाणित नगर्नु एकातिर,संबिधानको घोरउल्लङ्घन हो भने अर्कोतिर आफ्ना नागरिकलाई राज्यबिहिन बनाउने आमनबीय कार्य हो, सचेत रहौ र संयमित बनौ,निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो,यो घटनाक्रम ।”








