२ पुस २०८२, बुधबार

तोलामा ५०० रुपैयाँ सस्तियो सुन

प्रकाशित मिति :  21 September, 2022 12:04 pm


काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले सस्तिएर तोलाको ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य ४०० रुपैयाँ बढेको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर तोलाको ११७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको थियो ।



प्रतिक्रिया दिनुहोस !