३१ भाद्र २०८१, सोमबार

स्याङ्जाका यि पालिकाले तिर्नुपर्यो निर्वाचन आयोगलाई जरिवाना (विवरण सहित)

प्रकाशित मिति :  21 September, 2022 1:23 pm


स्याङ्जा । २०७९ वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले नामावलीसहित जरिवाना रकमसमेत उल्लेख गरेर खर्च विवरण नबुझाउनेको नाम सार्वजनिक गरेको हो ।

नगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई ४ लाख ५० हजार र गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई ३ लाख ५० हजार रुपैयाँ जरिवाना निर्वाचन आयोगले तोकेको छ । स्याङ्जामा रहेका पाँच नगरपालिकामा प्रमुख र उपप्रमुख पदका उम्मेदवार रहेका १७ जना र छ गाउँपालिकाका २४ जनाले निर्वाचनको खर्च विवरण समयमा बुझाएका छैन् ।

भीरकोट नगरपालिकाका प्रमुख पदका उम्मेदवार गोविन्द कुमार कर्माचार्य, नर भूपाल दमाई र उपप्रमुख पदका उम्मेदवार भगवती रेग्मीले निर्वाचन खर्च विवरण नबुझाउँदा ४ लाख ५० हजार जरिवाना तिर्नुपर्ने भएको छ ।

गल्याङ नगरपालिकाको लागि प्रमुख पदका उम्मेदवार घनश्याम भट्टराई, हरिप्रसाद भण्डारी, उपप्रमुख पदका उम्मेदवार देवी सरा थापा, हेमा कुमार तराङ र पुर्णकला भट्टराई, चापाकोट नगरपालिकाको प्रमुख पदका उम्मेदवार देव बहादुर खाँण, राजु कोइराला, उप्रमुख पदका उम्मेवार इशा राना, सृष्टि मल्ल र लिला कुमारी आलेले जरिवाना तिर्नुपर्ने भएको छ ।

पुतलीबजार नगरपालिकाकी उप्रमुख पदकी उम्मेदवार आस्था नेपालीलाई पनि जरिवाना लगाएको छ ।त्यसैगरी वालिङ नगरपालिकाको प्रमुख पदका उम्मेदवार नित्यानन्त तिवारी, राजेन्द्रप्रसाद गैह्रे र उपप्रमुख पदका उम्मेवार जीन कुमार गुरुङले खर्च विवरण बुझाएका छैनन् ।

त्यस्तै अर्जुनचौपारी गाउँपालिकाका अध्यक्षको उम्मेदवार होम बहादुर नेपाली, चिन माया गुरुङ र उपाध्यक्ष पदका उम्मेदवार टंकप्रसाद खनाल, दुर्गा कुमारी विक, एक नारायण काफ्लेले पनि निर्वाचन खर्च विवरण समयमा नबुझाएका कारण ३ लाख ५० हजार जरिवाना तिर्नुपर्ने भएको छ ।

आँधिखोला गाउँपालिकाबाट अध्यक्षका उम्मेदवार बन्नुभएका प्रेम राज पौडेल, हरिप्रसाद ढकाल र उपाध्यक्ष पदका उम्मेदवार मीना देवी शर्मा र मञ्जु गुरुङले पनि निर्वाचन खर्च नबुझाएका कारण जरिवाना बुझाउनुपर्ने भएको छ ।

त्यसैगरी कालीगण्डकी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार विष्णु प्रसाद भट्टराई, दिलस थापा, उदय न्यौपानेलाई निर्वाचन खर्च नबुझाएका कारण निर्वाचन आयोगले जरिवाना लगाएको छ ।

फेदीखोला गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार अर्जुन खत्री र उपाध्यक्षका उम्मेदवार इश्वरी थापा कार्कीले पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।

त्यसैगरी विरुवा गाउँपालिकाका अध्यक्षका उम्मेदवार सूर्य बहादुर कुँवर, डोलराज पोखरेल, हेमन्त थापा मगर र उपाध्यक्ष पदका उम्मेदवर भगवती शर्मा, साहाना थापाले पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।

हरिनास गाउँपालिकाका अध्यक्षका उम्मेदवार खिमनारायण मानन्धर, टोप बहादुर भुजेल, ऋषिराम लम्साल, रुद्र बहादुर थापा र उपाध्यक्ष पदका उम्मेदवार इन्द्र कुमारी थापा राना, मिठु लम्सालले निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।



प्रतिक्रिया दिनुहोस !