८ पुस २०८२, मंगलबार

राष्ट्रपतिको कदमपछि उपराष्ट्रपतिको टिप्पणी

प्रकाशित मिति :  21 September, 2022 2:52 pm



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि उपराष्ट्रपति नन्दबहादुर पुन‘पासाङ’ले असन्तुष्टि जनाएका छन् ।

उपराष्ट्रपति पुनको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ । पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।”

सार्वभौम संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भएको नेपाली इतिहासकै स्वर्णिम दिन संविधान दिवस यहीं असोज ३ गते हर्षोल्लासका साथ मनाएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले यस सुनौलो दिनको अवसरमा सबैले संविधानको पालन र संरक्षण गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएको स्मरण गराएका छन् ।

उनले संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य भएको र संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्नेमा जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !