१७ बैशाख २०८१, सोमबार

काेभिड १९ प्रभावः ५५ प्रतिशत जनसंख्याकाे मानव अधिकार जाेखिममा पर्न सक्ने

प्रकाशित मिति :  1 April, 2020 10:14 am


काठमाडाैं, १९ चैत ।

काेराेना (काेभिड १९ ) ले पार्ने अर्थ-सामाजिक असर निकै भयावह हुने संयुक्त राष्ट्र संघले प्रक्षेपण गरेकाे छ । राष्ट्र संघले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै काेराेनाका कारण विश्वका ५५ प्रतिशत जनसंख्याकाे आधारभुत मानव अधिकार नै जोखिममा पर्ने जनाएको छ ।

सबैभन्दा बढी प्रभावित विकासशील राष्ट्र हुने रिपोर्टमा जनाइएको छ । जस अनुसार सामजिक र आर्थिक अवस्था प्रभावित हुनेछ। विकासशील राष्ट्रको अर्थतन्त्रमा मात्र २२० करोड डलर क्षति हुने प्रक्षेपण गरिएको छ ।

विश्व भरका आधा भन्दा बढी जनसंख्या मानव अधिकार, आधारभूत शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा जस्ता कुराहरुको प्राप्तिका लागि लड्नु पर्ने अवस्था आउन सक्ने राष्ट्र संघको अनुमान छ। यसबीच संयुक्त राष्ट्र संघले काेभिड १९ काे अन्त्यका लागि नयाँ  याेजना अगाडि बढाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !