रुकुम पूर्वमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु
प्रकाशित मिति : 22 September, 2022 5:12 pm
दाङ । रुकुम पूर्वमा भएको वस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
भूमे गाउँपालिका-३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् ।
काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटनामा परेको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिए ।
मृत्यु भएकाहरू पहिचान हुन बाँकी रहेको डीएसपी डाँगीले बताए ।








