१६ आश्विन २०७९, आइतबार

व्यापारीलाई ३० दिन भित्र साइनबोर्ड शुल्क बुझाउन काठमाडौं महानगरको आग्रह

प्रकाशित मिति :  23 September, 2022 8:43 am


काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यापारीलाई परिचय पार्टी (साइनबोर्ड) को शुल्क तिर्न आग्रह गरेको छ । महानगरभित्र व्यवसाय गर्ने व्यक्ति वा संस्थाले आफ्नो कार्यस्थल बाहिर राखेको परिचय पार्टी ९साइनबोर्ड० को शुल्क ३० दिनभित्र बुझाउन महानगरले आग्रह गरेको हो ।

व्यक्ति, व्यवसाय वा संघसंस्थाको परिचय खुल्ने साइनबोर्ड कार्यस्थल बाहिर राखेको भए त्यसको शुल्क तिर्न महानगरले आग्रह गरेको हो । सुचना प्रकाशित मितिले ३० दिनभित्र वडा कार्यालयमा गई महानगरपालिकाको ऐन २०७९ को अनुसुची ९ बमोजिम साइनबोर्ड शुल्क बुझाउन महानगरले सूचना जारी गरी आग्रह गरेको छ।

शुल्क नबुझाए वा तोकिएकोभन्दा ठूलो साइनबोर्ड राखेको पाइएमा त्यस्ता साइनबोर्ड महानगरपालिकाले तत्काल हटाउने चेतावनीसमेत दिइएको छ।

६ वर्गफुटसम्म एक वटा मात्र साइनबोर्ड राखेको भए ५०० शुल्क लाग्नेछ। यस्तै १५ वर्गफुटसम्म १५०० र ३० वर्गफुटसम्म प्रतिवर्ग फुट १००० का दरले शुल्क लाग्ने महानगरले जनाएको छ। ३० वर्गफुटभन्दा माथिको साइनबोर्ड राख्न निषेध गरिएको महानगरले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !