८ बैशाख २०८१, शनिबार

पत्रकारलाई स्कार्फले कपाल ढाक्न भनेपछि इरानी राष्ट्रपतिसँगको अन्तर्वाता रद्द

प्रकाशित मिति :  23 September, 2022 11:02 am


काठमाडौं । सीएनएनकी कार्यक्रम प्रस्तोता क्रिस्टिन एमनपोरले इरानका राष्ट्रपति इब्राहिम रायसीसँगको अन्तरवार्ता रद्द गरेकी छिन् ।

राष्ट्रपति रइसीले क्रिस्टिनले इरानी कानुन अनुसार टाउको छोप्ने स्कार्फ (हेडस्कार्फ) लगाएर अन्तरवार्ता लिन भनेपछि अन्तरवार्ता नै रद्द गरिएको बीबीसीले जनाएको छ ।

एमनपोरका अनुसार रईसीका सहयोगीले ‘इरानको हालको अवस्था’ का कारण उनलाई यस्तो गर्न लगाइएको बताए । एमनपोरले विगतमा कुनै पनि राष्ट्रपतिले इरान बाहिर अन्तरवार्ता गर्दा कसैले पनि उनीबाट यस्तो माग नगरेको बताइन् ।

एक साता अघि हिजाबको नियम नमानेको आरोपमा एक महिलाको प्रहरी हिरासतमा मृत्यु भएको थियो । २२ वर्षीया मेहसा अमिनीको शुक्रबार निधन भएको हो । प्रत्यक्षदर्शीका अनुसार अमिनीलाई अमिनीलाई तेहरानमा पक्राउ गरेपछि प्रहरीले भ्यानमा कुटपिट गरेका थिए । यद्यपि प्रहरीले यी आरोपलाई अस्वीकार गरेको छ ।

अन्तरवार्ता रद्द गरेपछि क्रिस्टियानले ट्वीटमा भनेकी छन् , ‘अहिले हामी न्युयोर्कमा छौँ जहाँ हेडस्कार्फ लगाउने न त कुनै नियम छ न संस्कार नै ।’



प्रतिक्रिया दिनुहोस !