सुनको मूल्य ह्वातै बढ्यो
प्रकाशित मिति : 23 September, 2022 12:02 pm
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलाको एक हजार रुपैयाँले बढेर तोलाको ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार प्रतितोला ११८५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज शुक्रबार तोलाको १५ रुपैयाँ बढेर १२०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








