१ आश्विन २०८१, मंगलबार

विद्युतीय सवारीमा आकर्षण: टेस्लादेखि माउन्टेन बाइकसम्म(फाेटाेफिचर)

प्रकाशित मिति :  23 September, 2022 3:29 pm


काठमाडौं । नेपालकै पहिलो ईभी अटो शो, २०२२ विहिबार(हिजो) देखि शुरु भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटी मण्डपमा चार दिन(असोज ९ गते) सम्म चल्ने ईभी एक्स्पोको उद्‌घाटन अर्थमन्त्री जर्नादन शर्माले गरेका हुन् ।

उक्त ईभी एक्स्पोमा ७ वटा ब्राण्डका चार पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे, १६ वटा दुई पाङ्ग्रे, ३ वटा टायर, २ वटा ब्याट्री, ९ वटा पार्टपुर्जाको सहभागिता रहेको छ । उक्त एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहेकाे नाडा सचिवालयले जनाएकाे छ। एक्स्पोमा चर्चित चार पाङ्ग्रे गाडीहरु टिगोर ईभी, नेक्सन ईभी प्राईम, नेक्सन ईभी डार्क, टेस्ला, कोना ईभी, आयोनिक ५ जस्ता गाडीहरुले मेलालाई थप आर्कषण बनाएको छ ।

उक्त एक्स्पोमा ४० हजार भन्दा बढी आगुन्तुकहरुले भ्रमण गर्ने आयोजकले जनाएको छ । एक्स्पोलाई व्यवस्थित बनाउन र प्रदर्शनी स्थलमा भिडभाड कम गर्न नाडाले खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको छ । साथै प्रत्येक टिकट खरिदमा खल्ती एपबाट २५ प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ ।

तस्बिरमा ईभी एक्स्पो



प्रतिक्रिया दिनुहोस !