ट्याक्सी र स्कुटर आपसमा ठोकिदा स्कुटर चालकको मृत्यु
प्रकाशित मिति : 25 September, 2022 10:02 am
काठमाडौं । काठमाडौंको बसुन्धारामा ट्याक्सी र स्कुटर एक आपसमा ठोकिदा स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोरखाको बार्पाक सुलिकोट ३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नारायणगोपालचोकबाट बसुन्धारातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्बरको ट्याक्सी र बिपरित दिशाबाट आउँदै गरेको बा ९१ प ५४०३ नम्बरको स्कुटर आइतबार बिहान पौने २ बजे आपसमा ठोकिएका थिए। ट्याक्सीसहित चालकलाई प्रहरी बृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।








