१३ बैशाख २०८१, बिहिबार

प्यूठान: स्वर्गद्वारी नगरपालिकामा मान्छे रोक्न पुल भत्काईयो

प्रकाशित मिति :  31 March, 2020 9:38 am


प्यूठान, १८ चैत ।

प्यूठान स्वर्गद्वारी नगरपालिका वडा नं.-५ मा पुलबाट मानिस आवतजावत रोक्न वडाध्यक्षले झोलुंगे पुल बिगारेका छन्।

वडाका अध्यक्ष हिरामणि भण्डारीले आफ्नो वडाको सबै पुलहरू भत्काएर एउटा मात्र पुलबाट बॉकी राखेर त्यहींबाट ओहोरदोहर गर्न मिल्ने बनाएका हुन् ।

नगरपालिकाका मेयरले भने अध्यक्ष भण्डारीको गतविधिप्रति असन्तुष्टि जनाएका छन् । मेयर नेत्र रोकायले लुम्बिनी सञ्चारसँग भने,‘ यो त ठिक भएन कसरको निर्णयले अध्यक्ष ज्यूले त्यस्तो गर्नुभयो ।

मेयर रोकायले नागरपालिकाको कुनै औपचारिक निर्णय नगरेको भन्दै यो कार्य अमानवीय भएको टिप्पणी गरे । उनले भने,‘ मान्छेहरु खोलामा हाम फालेर आफ्नो ठाँउ प्रवेश गर्ने अवस्था छ, पुल किन भत्काउन परो यो त सरासर गलत हो म वडा अध्यक्षलाई भेट्न जाँदैछुँ ।’ वडाअध्यक्षको निर्णयको सार्वजनिक रुपमा आलोचना समेत भएको छ ।



प्रतिक्रिया दिनुहोस !