चुनावका लागि सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति
प्रकाशित मिति : 25 September, 2022 5:14 pm
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले आज सेना परिचालनको स्वीकृति दिएकी हुन् ।








