७ बैशाख २०८१, शुक्रबार

३०० किलोमिटर रेन्ज दिने कोमाकीको ‘भेनिस अल्ट्रा’ इलेक्ट्रीक स्कुटरकाे बुकिङ खुल्याे

प्रकाशित मिति :  26 September, 2022 2:15 pm


काठमाडौं । कोमाकीको रेन्ज र रफ्तारको लागि उत्कृष्ट इलेक्ट्रीक स्कुटर नेपाल भित्रिएको छ । कम्पनीले ‘भेनिस अल्ट्रा’ इलेक्ट्रीक स्कुटर नेपाल भित्र्याएको हो ।

कोमाकी इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी यूनिटी ट्रेडिङले ३०० किलोमिटर रेन्ज दिने भेनिस अल्ट्राको बुकिङ खुल्ला गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको भेनिस अल्ट्रामा ३ किलोवाट रेटेड र ४ हजार ९०० पिक पावर भएको मोटर रहेको छ । यसमा ७२ भोल्ट ६६ एम्पियर आवरको लिथियम आयन ब्याट्री प्याक दिइएको छ ।

स्कुटरमा रहेको ब्याट्री एक पटक फुलचार्ज गर्दा ३०० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी रहेको छ । यसलाई एक पटक फुलचार्ज गर्न ६ घन्टा समय लाग्ने कम्पनीले जनाएको छ ।

युनिटी ट्रेडिङले ४ लाख ४४ हजार रुपैयाँ तोकेर बुकिङ लिन सुरू गरेको छ भने फेस्टिभ स्कीममा २५ हजार रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ ।

स्कुटरमा सेल्फ डायग्नोस इन्स्ट्रुमेन्ट, डबल डिस्क ब्रेक, सीबीएस ब्रेकिङ सिस्टम, क्रुज कन्ट्रोल, टर्बो सहित तीन राइडिङ मोड, यूएसबी पोर्ट, रिभर्स एसिष्ट, रिमोट लक, टेलिस्कोपिक सस्पेन्सन, क्रुजर कन्ट्रोल, ब्लुटूथ स्पीकर जस्ता फिचर उपलब्ध छन् ।



प्रतिक्रिया दिनुहोस !