१४ बैशाख २०८१, शुक्रबार

तेस्रो कौसी क्वीनको उपाधि ललितपुरकी अधिकारीलाई

प्रकाशित मिति :  26 September, 2022 9:16 pm


काठमाडौं । कौसी क्वीनको तेस्रो उपाधि ललितपुर कुसुन्तीकी देबोरा अधिकारीले जितेकी छन् । आइतबार नयाँ बानेश्वरकाे होटल अर्यालमा आयोजना भएको फिनालेमा दोस्रो कौसी क्वीन राधा ढकालले अधिकारीलाई ताज पहिराइन् ।

विजेता अधिकारीलाई पुरस्कार भने उनको कौसी खेती हेरेर आवश्यक सामग्री प्रदान गरिने आयोजक हलोखबर डटकमका अध्यक्ष मनोज श्रेष्ठले बताए । प्रतियोगितामा कपनकी कमला भट्टराई फस्ट रनरअप र कुशेश्वरकी ७३ वर्षीया कृष्णमैया अधिकारी सेकेन्ड रनरअप घोषित भएका थिए।

बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन गर्ने तथा कौसी खेती गरिरहेकाहरूलाई थप ऊर्जा प्रदान गर्ने उद्देश्यले प्रतियोगिता गरिएको आयोजकको भनाइ छ ।

प्रतियोगिताको निर्णायकहरूमा इजरायली राजदूत खनान गोदेर,काठमाडौँ महानगरपालिकाका वातावरण तथा कृषि विभागकी उपनिर्देशक सरिता राई, कृषि विकास बैङ्कका सहाय प्रमुख कार्यकारी अधिकृत बाबुकाजी थापा, गत सालको कौसी क्वीन राधा ढकाल लगायत ७ जना रहेका थिए ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, सचिव डा। गोविन्दप्रसाद शर्मा लगायतको उपस्थिति थियो । प्रतियोगितामा देशभरबाट २५ जना भन्दा बढी कौसी खेती गर्ने महिलाहरु सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !