१४ बैशाख २०८१, शुक्रबार

ऐतिहासिक खाँचीकोट दरबारलाई पर्यटकीय रुपमा विकास गर्नुपर्छ : उपसभामुख भुसाल

प्रकाशित मिति :  26 September, 2022 6:38 pm


अनिल नेपाली

अर्घाखाँची । उपसभामुख पुष्पा भुसालले ऐतिहासिक खाँचीकोट दरबारलाई पर्यटकीय रुपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका- ७ मा रहेको ऐतिहासिक खाँचीकोट दरबार परिसारमा निर्माण भएको कालिका मन्दिरको उद्घाटन गर्दै प्रतिनिधि सभा सभामुख पुष्षा भुसाललले खाँचीकोट दरबार क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्नुपर्नेमा जोड दिएकी हुन् । बाइसे चौबिसे राज्य हुँदा अर्घाखाँचीमा अर्घा र खाँची दुई वटा राज्य थिए ।

खाँचीका तेह्रौ पुस्ताका राजा दल शाहकी छोरी चन्द्रप्रभाको विवाह गोरखाका राजा नरभुपाल शाहसँग भएको थियो । उनी पृथ्वीनारायण शाहकी सौतेनी आमा हुन् । आफ्नो सन्तान नभएपनि चन्द्रप्रभाले पृथ्वीनारायणको लालनपालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । शक्तिशाली गोर्खा राज्यसंग सम्बन्ध रहेको खाँचीको ऐतिहासिक महत्व रहेको छ । खाँची दरबार रहेको स्थानबाट सन्धिखर्क बजार सहित अर्घाखाँची, गुल्मी , पाल्पा जिल्लाका विभिन्न ठाउँ र सुन्दर हिमश्रृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ ।

सुपा देउराली– नरपानीमा आउने पर्यटकलाई खाँचीकोट दरबारमा आकर्षित गर्न सकिने कार्यक्रममा बोल्ले बक्ताले जोड दिएका छन् । उपसभामुख भुसालले अर्घा र खाँचीको सम्बन्ध जोडिएको महत्वपूर्ण ऐतिहासिक खाँचीकोट दरबारको इतिहासलाई ऐतिहासिक रुपमा विकास गनु अहिलेको आवश्यकता रहेको बताइन् ।

कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सचेतक निर्मला क्षेत्रीले ऐतिहासिक खाँचीकोट दरकारको विकासको लागि आफूले हरेक क्षेत्रबाट पहल गर्ने बताइन् ।

लुम्बिनी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले ऐतिहासिक खाँचीकोट दरबारको विकासको लागि सबै लाग्नु पर्ने बताउदै कला सँस्कृति सरक्षण र प्रद्र्धनका लागि सबै लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका सस्थापक नगर प्रमुख कमल प्रसाद भुसालले खाँचीकोट दरबारको विकासको लागि नगरपालिकबाट भरपुर रुपमा विकास प्रर्बद्धनको लागि हरेक क्षेत्रबाट बजेट विनियोजन गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !