१२ बैशाख २०८१, बुधबार

श्राद्दमा गएर फर्किने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिति :  27 September, 2022 1:06 pm


स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ६ बेसारेमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नम्बर ६ बेसारे बस्ने ६९ वर्षीय हिमान सिंह गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार साँझ गल्याङ नगरपालिका वडा नम्बर ६ पातिखर्कमा आफन्तको श्राद्दमा गएर फर्किने क्रममा सोही ठाउँको डाँडाँबाट करिब ४ सय मिटर तल खसेर मृत्यु भएकाे हाे । उक्त घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !