१६ चैत्र २०८०, शुक्रबार

लागुऔषध सेवनगरी सवारीसाधन चलाउने दुई चालक पक्राउ

प्रकाशित मिति :  27 September, 2022 1:08 pm


काठमाडौं । लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले सोमबार नागढुङगा क्षेत्रमा चेकजाँच सुरु गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो कोटश्वरको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा दुई चालकलाई सोमबार (हिजो) साँझ नागढुङगा सडक खण्डमा फेला पारेको हो ।

बा ३ ख ६१३७ नम्बरको बस चालक रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ का २६ बर्षिय लाल बहादुर कार्की र बागमती प्रदेश ०३–००१ च २०६४ नम्बरको डीआई गाडिका चालक पूर्वी नवलपरासीको कावासोती वडा नम्बर १३ का २५ बर्षिय सागर बि.क. लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा फेला परेका हुन् ।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी प्रभाग बलम्बुमा राखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !