१३ बैशाख २०८१, बिहिबार

राम्चे सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्र

प्रकाशित मिति :  27 September, 2022 2:49 pm


सुरेस तिमल्सिना

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बाह्र्बिसे नगरपालिका वडा नम्बर ९ को राम्चे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असोज १० गते घटस्थापनको दिन आफ्नो १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीले श्री सरस्वती माध्यामिक बिद्यालयको कार्यक्रम हलमा साधारण सभा सम्पन्र गरेको हो ।

सभामा वडा नम्बर ९ का अध्यक्ष कृष्ण बहादुर रायमाझीले राम्चे सहकारी नगरपालिकाको उत्कृष्ट सहकारी रहेकोले आगामी यात्रा अझै सफल रहोस् भन्दै शुभकामना दिएका छन् ।

संस्थाका अध्यक्ष केदार तिमल्सिनाले संस्थाको १५ औं वर्षमा प्रवेश गर्दा वर्षै पिच्छे शेयर सदस्य सङ्ख्यामा उल्लेखनीय वृद्धि हुँदै गएको बताए । संस्थाले शेयर सदस्यहरुको बिश्वास अझै बढाउँदै लैजाने र कार्यक्रम भएको हललाई संस्थाको तर्फबाट अझै व्यवस्थित बनाउने प्रतिबद्धता तिमल्सिनाले गरेका छन् ।

संस्थाले अन्य वर्ष जस्तै यो वर्ष पनि विभिन्न विधामा आधारित रहेर सम्मान प्रदान गरेको छ । सहकारीले उत्कृष्ट बचतकर्ता रामकाजी पौडेल , उत्कृष्ट बाल बचतकर्ता ओशिस रायमाझी, असल ऋणि चक्र बहादुर नेपाली , व्यवसायी ऋणि महिला तर्फ सावित्री मगर यसैगरी पुरुष तर्फ प्रेमकाजी श्रेष्ठ , उत्कृष्ट करोबारकर्ता तर्फ बिष्णु सुवेदी , सरस्वती माध्यमिक बिद्यालयमा अध्ययनरत उत्कृष्ट पुर्णाङ्क ल्याउने विद्यार्थीहरु छात्रामा सन्ध्या भण्डारी साथै छात्र तर्फ सुदिप तिमल्सिना , सामाजिक सेवा पुरस्कार तर्फ सुरेश तिमल्सिना , साथै वडाका जनप्रतिनिधि तर्फ वडा अध्यक्ष कृष्ण बहादुर रायमाझी , वडा सदस्य पदममाया तिमल्सिना , मनबहादुर तामाङ , अस्मिता नेपाली , डम्बर बहादुर नेपालीलाई सम्मान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !