१२ बैशाख २०८१, बुधबार

नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार, ३२ जनाको मृत्यु

प्रकाशित मिति :  27 September, 2022 4:22 pm


काठमाडौं । पछिल्लो केही महिनायता नेपालमा डेंगुबाट संक्रमित हुनेको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर २४ हजार ५ सय ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

हाल डेंगुबाट संक्रिमत व्यक्तिको संख्या वाग्मती प्रदेशमा सबैभन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ । बाग्मती प्रदेशमा हालसम्म डेंगुबाट १९ हजार ९१० जना संक्रमित बनेका छन् ।
त्यस्तै लुम्बिनीमा २ हजार ८ सय ८७, सुदूरपश्चिममा ८ सय ०४, प्रदेश १ मा ७ सय ७५, गण्डकीमा ५५६, मधेश प्रदेशमा ३ सय ८०, कर्णालमा २ सय ३१ जनामा संक्रमण देखिएको छ ।

हालसम्म देशभर डेंगु संक्रमणबाट ३२ जनाको मृत्यु भएको मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !