१२ श्रावण २०८१, शनिबार

नेकपाका नेता लेखनाथ न्यौपानेको आक्रोश : भ्रष्टाचार पूँजीवादको कर्म हो

प्रकाशित मिति :  31 March, 2020 10:50 am


काठमाडौं, १८ चैत ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता लेखनाथ न्यौपानेले लकडाउनमा राज्यले देखाएको गतिविधिप्रति असन्तुष्टि जनाएका छन् ।

आज विहान आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,‘ तितो यथार्थ बोल्नै पर्ने भयो,यो पूँजीवादी व्यवस्था हो ’ नेता न्यौपानेले यो व्यवस्थाले गरिब मजदुर किसान र आर्थिक अवस्था कमजोर भएका जनताको पक्षमा काम गर्ने यसको धर्म नै होइन भन्दै टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्,‘चामलको पोको बोकेर घर जादै गर्दा प्रहरीको निर्घात लाठी खाने सप्तरीका दुई युवा, धार्चुलामा वन्दी बनाइएका दुई सयभन्दा बढी मजदुरहरू र महाकालीमा फाल हाल्ने त्यो युवा अनि गड्डा चौकी नाकामा जम्मा भएर हामी नेपालीलाई नेपाल पस्न दे भनेर नारा लगाने सयौ नेपालीहरू सबै गरिब हुन् ।’

उनले थपेका छन्,‘यस्ता तमाम जनतालाई पूँजीवादी व्यवस्था र यसका संचालकहरूले लुटपाट बाहेक अरू केही गर्दैन ।’ नेता न्यौपानले जुनसुकै पार्टीको नाममा लुके पनि भ्रष्टाचार ठालु र सत्तासिनहरूले गर्ने गरेको बताएका छन् । उनले भनेका छन्,‘भ्रष्टाचार पूँजीवादको कर्म

हो’ ।



प्रतिक्रिया दिनुहोस !