१६ चैत्र २०८०, शुक्रबार

नेपालमा पहिलोपटक ग्रीन हाइड्रोजन समिट हुँदै, विभिन्न विषयमा छलफल हुने

प्रकाशित मिति :  27 September, 2022 6:09 pm


काठमाडौं । नेपालमा पहिलो पटक ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ (एनएचजीएस) आयोजना हुने भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ (एनएचजीएस) आयोजना हुने भएको हो ।

मंगलबार पत्रकार सम्मेलन गर्दै असोज २४ र २५ गते हरित हाइड्रोजन सम्बन्धी बृहत सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएकाे छ । एसआईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउण्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले संयुक्त रूपमा नेपाल ग्रीन हाइड्रोजन समीट गर्न लागेका हुन् ।

सम्मलेनमा ग्लोबल एनआरएन फाउण्डेसनकी संस्थापक सदस्य जमुना घलेले प्रत्येक वर्ष जलवायु परिर्वतनका कारण नेपालमा सयौँ मानिसहरुले अकालमा ज्यान गुमाउनु परेकाले अब ग्रीन हाइड्रोजनमा रुपान्तरण भएर जान आवश्यक रहेको बताइन् । नेपालले पर्यावरणीय समस्याहरुको दीर्घकालीन समाधानका लागि नवीनतम उपायहरु पत्ता लगाउन पनि सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गुरुङको भनाइ छ ।

सम्मेलनको नारा ‘नेपाल हरित हाइड्रोजन सम्मेलन पग्लिदै गरेका हिमालका लागि एन्टिडोट’ रहेको छ । हरित हाइड्रोजनको उत्पादन भण्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पुर्याउने लक्ष्य सम्मेलनले लिएको छ ।

हरित हाइड्रोजन सम्बन्धी पहिलो सम्मेलनले नेपालमा हरित हाइड्रोजनको उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हाइड्रोजनको के कसरी प्रयोग गर्न सकिन्छ ? भन्ने विषयमा वहस, विश्लेषण गर्ने उद्देश्य रहेको नेपाल ग्रीन हाइड्रोजन समिटका सचिव राजेश शमशेर राणाले बताए ।



प्रतिक्रिया दिनुहोस !