१५ चैत्र २०८०, बिहिबार

अर्घाखाँचीमा अवैध हतियार सहित २ जना पक्राउ

प्रकाशित मिति :  27 September, 2022 6:58 pm



अर्घाखाँची । अर्घाखाँचीमा अवैध हतियार सहित २ जना पक्राउ परेका छन् ।

भूमिकास्थान नगरपालिका वार्ड नं. १ राजिमेका वार्ड नं. १ ओखट्टेका ४० वर्षीय जितेन्द्र भुसाल र ३७ वर्षीय फर्सुराम खनाललाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका भुसाल र खनालको साथबाट अवैध भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

भरुवा बन्दुक साथमा लिई हिंडेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी ढाकावाङबाट प्र.ना.नि ठाकुर प्रसाद थारुको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कायांलय अघांखाँचीका सूचना अधिकारी कृष्ण घिमिरेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !